बिहीबार, चैत १५, २०८०

संसद् सचिवालयमा पीसीआर परीक्षण, ६ जनामा पोजेटिभ

नेपालखोज २०७८ वैशाख २३ गते १३:२५

काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज बिहीबार पनि कोभिड-१९ परीक्षणका लागि स्वाब लिने कार्य जारी छ ।

संघीय संसद सचिवालयले आगामी २७ गतेको प्रतिनिधिसभा बैठकको तयारीका बैठकमा आवश्यक सबै जनशक्तिहरुको कोभिड-१९ संक्रमणको परीक्षणका लागि हिजो र आज दुईदिन गरी स्वाब संकलन गरेको हो । हिजो स्वाब दिन छुटेका सांसदहरुले आज लोहोत्से हल पुगेर स्वाब दिएका छन् ।

त्यसैगरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा कार्यरत कर्मचारीहरु, मर्यादापालकहरु, संसदीय मामिला पत्रकारहरु, स्वकीय सचिवलगायत सबै कर्मचारी, ट्राफिक, बम डिस्पोजल टोली, कुकुरबाट चेकजाँच गर्ने सुरक्षाकर्मीहरु तथा बैठक सञ्चालनका लागि विभिन्न भूमिकामा रहेका सबैको स्वाब परीक्षण गरिने सचिवालयले जनाएको छ ।

सरकारले विश्वासको मत लिने प्रयोजनका लागि मात्रै वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन बोलाएको छ । यसैबीच हिजो बुधबार स्वाव दिएका चार सांसद र दुईजना सचिवालयका कर्मचारीमा कोरोना पोजेटिभ देखिएको संघीय संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया