बुधबार, जेठ २, २०८१

महाकाली अस्पताललाई भीमदत्त नगरपालिकाको बीस लाख सहयोग

नेपालखोज २०७८ वैशाख २३ गते १४:१२

कञ्चनपुर । कोरोनाको सङ्क्रमण उच्चरूपमा बढ्दै जान थालेपछि भीमदत्त नगरपालिकाले महाकाली अस्पताललाई अक्सिजन, स्वास्थ्य उपकरण र आवश्यक औषधि खरिदका लागि आज २० लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ ।

नगरप्रमुख सुरेन्द्र विष्ट र उपप्रमुख सुशीला चन्द सिंहले संयुक्तरूपमा २० लाख रूपैयाँको चेक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीलाई हस्तान्तरण गरेका हुन् । चेक ग्रहण गर्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोशीले सङ्क्रमितको सङ्ख्यामा वृद्धि भइरहेकाले नगरपालिकाले गरेको सहयोगले अक्सिजन खरिद तथा अन्य कोरोनाका बिरामीको उपचारमा खर्च गरिने बताए ।

चेक हस्तान्तरण गर्दै नगरप्रमुख विष्टले कोरोना रोकथामका लागि औषधोपचारमा सघाउ पु¥याउनका लागि सहयोग गरिएको बताए । यसअघि गत वर्ष सो नगरपालिकाले महाकाली अस्पतालमा पीसीआर मेसिन खरिद गरेर दिएको थियो ।

सीमा क्षेत्रमा रहेको उक्त नगरपालिकाले कोरोना रोकथाम एव नियन्त्रणका लागि गत वर्षदेखि सीमा क्षेत्रमा हेल्थडेस्कका साथै पीसीआर परीक्षणको दायरा बढाइरहेको थियो ।

यस वर्षपनि नगरपालिकाले कोरोना रोकथाम एवं नियन्त्रणका लागि विभिन्न क्षेत्रसँग समन्वय गरेर अघि बढदै आएको छ । यसअघि बेदकोट नगरपालिकले समेत महाकाली अस्पताललाई १० लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ ।

प्रतिक्रिया