बिहीबार, चैत १५, २०८०

वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन

नेपालखोज २०७८ वैशाख २३ गते १४:२२

काठमाडौं । वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको आज (बिहीबार) निधन भएको छ । छातीमा समस्या देखिएपछि उनलाई बिहान न्युरो अस्पताल भर्ना गरिएको थियो । निधन भएको जानकारी संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले फेसबुकमार्फत जनाएका दिए । उनको पछिल्लो कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो ।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी रहेको पारिवारिक स्रोतले जनाएको छ । उनका घुम्तीमा नआऊ है, तिमीलाई अचेल कहाँ देखुँलगायत थुप्रै कालजयी गीतहरु लोकप्रिय छन् ।

नेपाली सांगितिक क्षेत्रमा विशिष्ठ स्थान बनाउन सफल गायक प्रधान ८३ वर्ष थिए । गायक प्रधानले नेपालको पहिलो व्यवसायिक चलचित्र ‘माईतीघर’ मा ‘नमान लाज यसरी’ गीत भारतीय गायिका उषा मङ्गेशकरसंग गायका थिए ।

प्रतिक्रिया