शुक्रबार, वैशाख ७, २०८१

परिणीताका निर्देशक प्रदीप सरकारको निधन

नेपालखोज २०७९ चैत १० गते १२:४७

काठमाडौं । चलचित्र निर्माता प्रदीप सरकारको निधन भएको छ । उनको ६७ वर्षका उमेरमा निधन भएको हो ।

समाचार एजेन्सी एएनआईका अनुसार शुक्रबार अपराह्न ४ बजे उनको अन्तिम संस्कार गरिने छ । उनी लामो समयदेखि मृगौलाको समस्याबाट पीडित थिए ।

फिल्म निर्देशक हंसल मेहताले ट्विट गर्दै प्रदीप सरकारको निधनमा श्रद्धाञ्जली अर्पण गरेका छन् । अभिनेता अजय देवगनले पनि श्रद्धाञ्जली अर्पण गर्दै लेखेका छन्, ‘प्रदीप सरकार, हामीमध्ये कसैलाई ‘दादाको निधन’को खबर पत्याउन गाह्रो हुन्छ । उनको परिवारमा मेरो गहिरो समवेदना।’

प्रदिप सरकार परिणिता, मर्दानी, लगा चुनरी मे दाग र हेलिकप्टर ईला जस्ता चलचित्र निर्देशनका लागि परिचित छन् । उनलाई उत्कृष्ट कला निर्देशकको लागि फिल्मफेयर पुरस्कारबाट पनि सम्मानित गरिएको छ।

प्रतिक्रिया