नेपालमा नयाँ रेकर्ड : एकैदिन ९ हजार बढीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८ हजार ९७० र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०० जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ६८ हजार ५८० पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २ हजार ७ सय ७ जना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ । यस्तै मृतकको कुल संख्या ३ हजार ५२९ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ पुगेको छ भने संक्रमित निको हुने दर ७९.४ प्रतिशत रहेको छ । पछिल्लो समय दिनहुँ संक्रमितको संख्या बढ्दै गएको छ भने धेरैजसो जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप ५४ जनाको मृत्यु भएको छ । योसँगै कूल मृतकको संख्या ३ हजार ५ सय २९ पुगेको छ ।
आज देशभर २ सय एक जनाको भेन्टिलेटरमा र ६५२ जनाको आईसीयुमा उपचार भइरहेको छ । त्यसैगरी ६७ हजार २४६ जना होम आइसोलेसनमा र ५ हजार ३१५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । क्वारेन्टाइनमा ३१४ जना छन् ।

प्रतिक्रिया