नीति, कार्यक्रम र बजेट निर्माणमा जुट्यो कर्णाली प्रदेश सरकार

सुर्खेत । कर्णाली प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथामिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण गर्ने भएको छ । सरकारले कोरोना रोकथाम र नियन्त्रणसँगै यसले पार्ने प्रभावलाई मध्यनजर गरी नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरेको हो ।
असार १ गतेभित्र प्रदेशको नीति तथा कार्यक्रम र बजेट ल्याइसक्नुपर्ने प्रावधान अनुसार अहिले नीति निर्माणमा केन्द्रीत भएको सरकारले बताएको छ । सरकारले आर्थिक वर्ष ०७७÷०७८ जस्तै ०७८/८९ मा पनि स्वास्थ्य क्षेत्रलाई नै प्राथामिकता दिने बताएको छ । चालु आर्थिक वर्षमा सरकारले कोभिड–१९ लाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको थियो ।
अहिले दोस्रो लहरको कोरोनाले आक्रान्त पारिरहेको अवस्थामा आगामी बजेट पनि स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर निर्माण गर्ने काम भईरहेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री विमला केसीले जानकारी दिइन् ।

प्रतिक्रिया