इमरान खान भन्छन्- क्षमता नबढाएको भए हाम्रो अवस्था पनि भारतकै जस्तो हुन्थ्यो

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अस्पतालको क्षमता नबढाएको र सरकार सतर्क नभएको भए कोभिडको संक्रमण दरको अवस्था भारतको भन्दा पनि भयावह हुने बताएका छन् ।
प्रधानमन्त्री इमरानले पाकिस्तानी जनतालाई भनेका छन्- ‘म सबैसँग आग्रह गर्छु अनिवार्य रुपमा मास्क लगाऔं । अहिले भारतमा जुन अवस्था छ, दिल्ली तथा ठूला सहरहरुमा संक्रमित बढिरहेका छन् । अक्सिजन पाउन छाडेको छ । जनताहरु सडकमै मरिरहेका छन् । कोभिडको दोस्रो लहरले विश्वलाई जसरी प्रभावित बनाएको छ, ईश्वरका कारण हामी यसबाट जोगिएका छौं । ‘
‘अब तेस्रो खतरनाक लहरबाट पनि जोगिनु आवश्यक छ । यदि हामीले स्वास्थ्य उपचारका लागि क्षमता दोब्बर नबनाएको भए हाम्रो अवस्था पनि भारतकै जस्तो हुन्थ्यो । पूर्व तयारी नगर्दा भारतले यस्तो अवस्था भोग्नुपरेको हो । आउने दुई साता एकदमै महत्त्वपूर्ण छ । हामी सबै मिलेर कोभिडलाई जित्नुपर्छ । संक्रमण दर घटाउनुपर्छ । यसैक लागि पनि सबैले मास्क लगाउनु जरुरी छ ।’ -बीबीसी
प्रतिक्रिया