मंगलबार, असार १०, २०८२

भारतमा रोकिएका नागरिक स्वदेश फर्काउने तयारीमा अस्ट्रेलिया

नेपालखोज २०७८ वैशाख २४ गते १३:४५

काठमाडौं । अस्ट्रेलियाले भारतमा रोकिएका आफ्ना नागरिकलाई आगामी मे १५ देखि स्वदेश फर्काउने भएको छ ।

यसअघि भारतबाट स्वदेश फिर्तामा प्रतिबन्ध लगाएको अस्ट्रेलियाले प्रतिबन्धको सर्वत्र आलोचना भएपछि यस्तो निर्णय लिएको हो । कोरोनाको हटस्पट भारतमा रोकिएका नागरिकलाई स्वदेश फर्किन प्रतिबन्ध लगाउँदै अस्ट्रेलियाले जबरजस्ती फर्किने प्रयास गरे जेल सजाय हुने चेतावनी दिएको थियो ।

आफ्ना नागरिकमाथि स्वदेश फर्किन प्रतिबन्ध लगाएपछि प्रधानमन्त्री स्कट मोरिसनको आलोचना भएको थियो । कोरोना महामारीका कारण आइपीएल स्थगित भएपछि अस्ट्रेलियाका खेलाडीलाई भारतले माल्दिभ्स पठाएको थियो ।

आज अस्ट्रेलिया सरकारले एउटा विज्ञप्ति जारी गर्दै भारतमा असुरक्षित रुपमा फसेका नौ सय नागरिकलाई चार्टर्ड जहाजबाट स्वदेश फिर्ता गरिने बताएको हो । यसरी फिर्ता लग्न लागिएका नागरिकलाई उत्तरी अस्ट्रेलियाको होवर्ड स्प्रिङ क्‍वारेन्टिनमा राखिनेछ । त्यहाँ झन्डै दुई हजार मानिस राख्नका लागि क्‍वारेन्टिन तयार गरिँदै छ । अस्ट्रेलियाले यसअघि प्रतिबन्ध नलगाइएका देशबाट फर्किनेलाई पनि क्‍वारेन्टिनमा राख्दै आएको थियो । -बीबीसी

प्रतिक्रिया