भ्याट बुझाउने समय थप्न उद्योगी-व्यवसायीको माग

नेपालखोज २०७८ वैशाख २४ गते १४:५८

काठमाडौं । निषेधाज्ञाकै बीचमा मूल्य अभिवृद्धि कर (भ्याट) बुझाउन समस्या परेको भन्दै उद्योगी–व्यवसायीले समय थपको माग गरेका छन् । अघिल्लो महिनाको भ्याट अर्को महिनाको २५ गतेभित्रै बुझाइसक्नुपर्ने नियम रहे पनि यस पटक निषेधाज्ञाका कारण समस्या भएको उद्योगी, व्यवसायीको गुनासो छ ।

भ्याट तिर्ने समय थपका लागि आन्तरिक राजस्व विभाग र अर्थ मन्त्रालयमा समेत उद्योग वाणिज्य क्षेत्रका सङ्घ–सङ्गठनले निवेदन दिएको महानिर्देशक झक्कप्रसाद आचार्यले जानकारी दिए । विभागमा आएका निवेदनलाई अर्थ मन्त्रालयमा पठाइएको र म्याद थपको निर्णय मन्त्रालयबाटै हुने आचार्यको भनाइ छ ।

निषेधाज्ञाकै बीचमा पनि भ्याट सङ्कलन भने उत्साहजनक रहेको उनले बताए । अर्थसचिव शिशिरकुमार ढुङ्गानाले पनि मन्त्रालयमा निवेदन आएको जानकारी दिँदै छलफलकै क्रममा रहेको बताए ।

प्रतिक्रिया