दाङमा जेठ १ सम्म लम्ब्याइयो निषेधाज्ञा
नेपालखोज
२०७८ वैशाख २४ गते १५:१७

दाङ । दाङमा जारी निषेधाज्ञा जेठ १ गतेसम्म लम्ब्याइएको छ । एक सातादेखि जारी निषेधाज्ञा जेठ १ गतेसम्म लम्ब्याइएको हो ।
प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा शुक्रबार घोराहीमा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।
यसअघि वैशाख १७ गते बिहान ६ बजेदेखि वैशाख २५ गतेसम्मका लागि निशेषाज्ञा आह्वान गरिएको थियो।
सम्बन्धित

प्रतिक्रिया