कोरोना परीक्षणका लागि प्रधानमन्त्री ओलीको स्वाब संकलन
नेपालखोज
२०७८ वैशाख २४ गते १५:३१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना भाइरसको सङ्क्रमण परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । शुक्रवार बालुवाटारमै पुगेर स्वास्थ्यकर्मीले ओलीको स्वाबको नमुना लिएको उहाँको सचिवालयले जनाएको छ ।
बालुवाटारमा प्रधानमन्त्रीसँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकसहित एक सय जनाभन्दा धेरै व्यक्तिको स्वाब सङ्कलन गरिएको हो ।
सम्बन्धित

प्रतिक्रिया