उज्यालो नेटवर्क अनलाइनका पत्रकारलाई रिहा गर्न सर्वोच्चको आदेश
नेपालखोज
२०७८ वैशाख २४ गते १९:०४

काठमाडौं । सर्वोच्च अदालतले उज्यालो नेटवर्क अनलाइनका पत्रकार अनिश तामाङ र महा–प्रवन्धक दुर्गालाल लामालाई थुनामुक्त गर्न आदेश दिएको छ।
शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले उनीहरुलाई रिहा गर्न आदेश दिएको हो। उनीहरुको रिहाइका लागि पत्रकार महासंघ ललितपुर शाखाका सचिव रामहरि कार्कीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। सो रिटमा गृह–मन्त्रालयलाई विपक्षी बनाइएको थियो।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बैशाख १२ गते उनीहरुलाई काठमाडौंबाट पक्राउ गरेको थियो। उनीहरुलाई पक्राउ नगर्न उच्च अदालतले दिएको अन्तरिम आदेशको प्रतिकूल हुनेगरी पक्राउ गरिएको भन्दै सर्वोच्चले बिनाशर्त उनीहरुलाई रिहा गर्न आदेश गरेको छ।


सम्बन्धित

प्रतिक्रिया