शुक्रबार, वैशाख १४, २०८१

हिमालयन-इन्भेष्टमेन्टबीच मर्जरको टुंगो, नयाँ बैंकको चुक्तापुँजी करिब २७ अर्ब

नेपालखोज २०७८ वैशाख २४ गते २१:३०

काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक मर्जरको टुंगो लागेको छ । दुवै बैंकको सञ्चालक समिति बैठकले सम्झौतापत्रको मस्यौदा पारित गर्दै मर्जरमा जान स्वीकृति दिएका हुन् ।

मर्जरपछि हिमालयन एन्ड नेपाल इन्भेष्टमेन्ट बैंकका नामबाट कारोबार हुनेछ । बिग मर्जरपछि बैंकको चुक्तापुँजी भने करिब २७ अर्ब पुग्नेछ । बैंकको अध्यक्ष पृथ्वीबहादुर पाँडे हुनेछन् भने प्रमुख कार्यकारी अधिकृत अशोक राणा हुने पक्का भएको छ । यस्तै ज्योतिप्रकाश पाण्डे भने डेपुटी सीईओ हुनेछन् ।

हिमालयन र इन्भेष्टमेन्ट १:१ को स्वापमा मर्जरमा जान लागेका हुन् ।

प्रतिक्रिया