बिहीबार, वैशाख १३, २०८१

१६ अंकले नेप्से बढ्दा एक अर्ब ८ करोडको कारोबार

नेपालखोज २०७९ जेठ १० गते १५:४२

काठमाडौं । नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन ३४ दशमलव २१ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन मंगलबार भने १६ दशमलव ३२ अंकले बढेर २२ सय १७ दशमलव १९ अंकमा चढेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ६२ अंकले बढेर चार सय ३२ दशमलव ६७ अंकमा पुगेको छ । दुई सय २४ कम्पनीको २१ हजार सात सय नौपटकको कारोबारमा ३१ लाख सात सय ३० कित्ता सेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब आठ करोड ८८ लाख ३३ हजार पाँच सय ४२ रुपैयाँ पुगेको छ ।

१३ वटा समूहको कारोबार हुँदा ११ समूहको सूचक बढेर दुई समूहको सूचक घटेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक पाँच दशमलव ९२ अंकले बढेर १५ सय ३१ दशमलव ७४ अंकमा चढेको छ । विकास बैंक समूहको सूचक ५३ दशमलव ३१ अंकले बढेर तीन हजार आठ सय ३३ दशमलव नौ अंकमा चढेको छ ।

जलविद्युत् समूहको सूचक ५१ दशमलव ६३ अंकले बढेर २५ सय ५६ दशमलव २० अंकमा चढेको छ । निर्जीवन बिमा समूहको सूचक २४ अंकले बढेर नौ हजार चार सय आठ दशमलव ९८ अंकमा चढेको छ ।

जीवन बिमा समूहको सूचक ७६ दशमलव ७४ अंकले बढेर १० हजार सात सय दुई अंकमा चढेको छ । फाइनान्स, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त र लगानी समूहहरूको सूचक पनि बढेका छन् । ट्रेडिङ र सामूहिक लगानी कोष समूहको सूचक भने आज घटेका छन् ।

नेप्सेमा आज लक्ष्मी लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव ९५ प्रतिशतले बढेर १३ सय १६ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा कर्पोरेट डेभलपेन्ट बैंकको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले घटेर चार सय २२ रुपैयाँ १० पैसामा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयरतर्फ प्रतिकित्ता चार सय ९४ रुपैयाँ ७० पैसा अन्तिम मूल्यमा चार करोड ८४ लाख ८० हजार ६ सय रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया