काठमाडौंसहित धेरै ठाउँमा बिहानै घाम लाग्यो, प्रदेश-१ मा भने ठूलो पानी पर्ने सम्भावना
नेपालखोज
२०७८ वैशाख २५ गते ८:१२

काठमाडौं । अहिले काठमाडौंसहित देशका धेरै ठाउँमा घाम लागेको छ । प्रदेश-१ बाहेकका तराईका क्षेत्रमा अहिले नै घाम चर्किएको छ भने पहाडी क्षेत्रको मौसम भने आंशिकदेखि सामान्य बद्ली भएको छ ।
प्रि-मनसुनकै समय भएकाले प्रदेश-२ बाहेकका प्रदेशमा दिउँसोपछि पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश-१ का केही ठाउँमा भने ठूलो पानी पर्ने अनुमान छ ।
काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा दिउँसोपछि मेघगर्जन,हावाहुरी र चट्याङ्गसहित पानी पर्ने महाशाखाले जनाएको छ । नेपालमा अहिले पश्चिमी न्यूनचापीय प्रणाली, पूर्व–पश्चिममा फैलिएको न्यूनचापीय रेखा तथा बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ ।
सम्बन्धित

प्रतिक्रिया