सोमबार, वैशाख ३१, २०८१

विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेलका लागि भारतीय टिमको घोषणा

नेपालखोज २०७८ वैशाख २५ गते ८:२४

दिल्ली । भारतले विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल र इंग्ल्यान्डविरुद्धको टेस्ट सिरिजका लागि टिमको घोषणा गरेको छ ।

भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले शुक्रबार २० सदस्सीय टिमको घोषणा गरेको हो । भारतले विराट कोहलीको कप्तानीमा टिमको घोषणा गरेको हो । भारतले घोषणा गरेको टिममा हार्दिक पाण्डय र कुलदिप यादव परेका छैनन् ।

भारतले फाइनलमा न्युजिल्याण्डसँग खेल्नेछ । इंग्ल्यान्डको साउथह्याम्पटनमा हुने भारत र न्युजिल्याण्डबीचको फाइनल जुन १८ देखि २२ सम्म हुनेछ । त्यसपछि भारतले घरेलु टिम इंग्ल्यान्डसँग पाँच खेलको टेस्ट सिरिज खेल्नेछ । पहिलो टेस्ट अगस्ट ४ बाट हुनेछ । यस्तै अन्तिम टेस्ट १४ सेप्टेम्बरबाट सुरु हुनेछ ।

प्रतिक्रिया