अमेरिकी उपराष्ट्रपति ह्यारिसले भनिन्- कोरोनाले भारतलाई अप्ठ्याराे पार्दै छ

बासिंटन । अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले भारतमा बढिरहेको कोरोना संक्रमणले भयावह स्थिती निम्याउन सक्ने बताएकी छन् । समाचार संस्था पीटीआईलाई उद्धृत गर्दै बीबीसी हिन्दीले लेखेको छ कि ह्यारिसले भनेकी छन् ‘अमेरिकी सहयोग भारतका लागि महत्त्वपूर्ण छ।’
जसले भारतलाई सहयोग गरेका छन् उनीहरुप्रति कृतज्ञता व्यक्त गर्दै उनले आफ्नो परिवार भारतबाटै आएको स्मरणसमेत गरिन् । ‘मेरी आमाको जन्म र पालनपोषण भारतमै भएको हो, मेरो परिवारका केहि सदस्य आज पनि भारतमै छन्, उनले सम्बोधनका क्रममा भनिन् ‘भारतमा जब स्थिती खराब सुरु भयो तब अमेरिकी प्रशासनले कदम उठायो ।’
भारतीय मूलका अमेरिकी नागरिकद्धारा आयोजित एक कोभिड–१९ विशेष कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
जबकी भारतमा दोस्रो लहरको कोरोना संक्रमण तिब्र गतिमा वढिरहेका बेला जो वाइडेन सरकारको आलोचना भएको थियो । भारतले सहयोगको अपेक्षा गरे पनि लामै समय अमेरिका मौन थियो । त्यसपछि अमेरिकाले एक सय मिलियन डलर बराबरको सहयोग गरिसकेको छ ।
प्रतिक्रिया