माधव नेपाल भन्छन्- विभिन्‍न आयोगमा पदपूर्ति, ओलीको बलमिच्याइँ

नेपालखोज २०७८ वैशाख २५ गते १०:२६

काठमाडौं । नेकपा (एमाले) का नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो सरकार बलमिच्याइँ गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न तर्फ लागेको आरोप लगाएका छन् ।

शनिबार (आज) बिहान फेसबुक पेजमा एक स्टाटस लेख्दै नेता नेपालले जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याइँ गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य रहेको धारणा राखेका हुन्।

सरकारलाई पदपूर्तितर्फ भन्दा कोरोना महामारीसँग जुधिरहेका जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन सरकारसँग नेपालले आग्रह गरेका छन्।

उनले लेखेका छन्, ‘कोरोना (कोभिड-१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याइँ गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो। मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन मिल्दैन ।अतः गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आह्वान गर्दछु।’

प्रतिक्रिया