आइतबार, वैशाख ३०, २०८१

नेपाल सुपर लिगमा आज दुई खेल, पहिलो खेलमा विराटनगर र ललितपुर भिड्दै

नेपालखोज २०७८ वैशाख २५ गते १०:४३

काठमाडौं । नेपाल सुपर लिग फुटबलमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा विराटनगर सिटी एफसी र ललितपुर सिटी एफसीबीच प्रतिस्प्रार्धा हुनेछ । खेल दिउँसो साढे दुई बजे दशरथ रङ्गशालामा हुनेछ ।

त्यस्तै, दशरथ रङ्गशालामा नै बेलुका साढे ५ बजे धनगढी एफसी र बुटवल लुम्बिनी एफसी खेल्ने छन् । तालिकामा १० अङ्क जोडेको धनगढी शीर्ष स्थानमा छ भने बुटवल पाँच अङ्क जोडर पुछारमा छ ।

यस्तै, तेस्रो स्थानमा रहेको विराटनगरको सात अङ्क छ भने ६ अङ्क रहेको ललितपुर चौथो स्थानमा छ । चितवन भने प्रतियोगिताबाटै बाहिरी सकेको छ ।

प्रतिक्रिया