राप्ती खोलाकिनारमा प्रहरीको शव भेटियो
नेपालखोज
२०७८ वैशाख २५ गते १४:१७

हेटौंडा । हेटौंडा उपमहानगरपालिका १० स्थित राप्ती खोलामा आज एकजना प्रहरीको शव फेला परेको छ । उच्च अदालत पाटन हेटौंडा इजलास सुरक्षामा कार्यरत प्रहरी नायब निरीक्षक केशवबहादुर खत्रीको शव राप्ती खोलामा भेटिएको हो ।
गोरक्षश्वर मन्दिरनजिक खोलामा डुबेको अवस्थामा खुट्टाको भाग र बाँकी भाग बाहिर रहेको अवस्थामा उनको शव फेला परेको हो । स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेको मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । के कारणले मृत्यु भएको भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए । (रासस)
–प्रतिकात्मक तस्बिर
सम्बन्धित








प्रतिक्रिया