ओलीले भने- महामारीका बेला राजनीतिक प्रदर्शन, सभा-जुलुस गर्नु गलत

नेपालखोज २०७८ वैशाख २५ गते १४:५२

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले काम गरिरहेको बताएका छन् । आज दिउँसो १२ बजे अमेरिकी टेलिभिजन सीएनएनसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका लागि निषेधाज्ञा लगायतका प्रतिबन्ध लागू गरिएको र अहिलेसम्म नेपालमा यो महामारी नियन्त्रणमा रहेको दाबी गरे ।

उनले लापर्बाहीका कारण नेपालमा संक्रमण फैलिएको पनि स्वीकार गरेका छन् । महामारीकै बीचमा राजनीतिक प्रदर्शन, सभा र जुलुस गरेर राजनीतिक दलले गलत गरेको उनको भनाइ छ । उनले अहिलेसम्म नेपालले कोरोना महामारी नियन्त्रणका लागि पहल गरिरहेको पनि बताए । यस्तै, उनले काेराेना विरुद्धको लडाइमा नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग पनि आग्रह गरे ।

प्रतिक्रिया