शनिबार, वैशाख १५, २०८१

धुलिखेल अस्पतालमा अक्सिजन प्लान्ट राख्‍न विजयकुमार शाहको एक करोड ३५ लाख सहयोग

नेपालखोज २०७८ वैशाख २५ गते १४:४७

काठमाडौं । काभ्रेमा रहेको धुलिखेल अस्पतालमा अक्सिजन प्लान्ट राख्नका लागि जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका संस्थापक अध्यक्ष विजयकुमार शाहले एक करोड ३४ लाख २५ हजार रुपैयाँबराबरको सहयोग गर्ने भएका छन् ।

कोरोना भाइरसको महामारीका कारण अक्सिजनको अभावले बिरामीहरुको ज्यान जान थालेपछि शाहले अक्सिजन प्लान्ट राख्न र अस्पतालको आईसीयू विस्तारका लागि उक्त रकम उपलब्ध गराउने भएका हुन् ।

नेपालकै सबैभन्दा ठूलो व्यक्तिगत करदाता शाहले अस्पताललाई आवश्यकताअनुसार अक्सिजन आपूर्ति प्रणाली उपकरण खरिद र त्यसबाट बचेको रकम आईसीयूका साथै अन्य सेवामा खर्च गर्ने गरी रकम उपलब्ध गराउने भएको जावलाखेल ग्रुपले जनाएको छ। कोरोनाका कारण अहिले देशभर अक्सिजनको हाराकार भएकाले त्यसलाई न्यूनीकरण गर्न सहयोगी हात अगाडि बढाएको शाहको भनाइ छ ।

प्रतिक्रिया