राष्ट्रियसभाका एक सदस्य र प्रतिनिधिसभाका १९ सांसदमा कोरोना संक्रमण
नेपालखोज
२०७८ वैशाख २५ गते १५:२४

काठमाडौं । राष्ट्रियसभाका एक जना सदस्यसहति १९ जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना परीक्षण गरिएका २०५ सासंदसहित एक हजार २३५ कर्मचारीमध्ये १६० जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
यसमध्ये १४१ संघीय संसदका कर्मचारी, मर्यादापालक, स्वकिय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकार गरी १६० जनामा कोरोना संक्रमण देखिएको संसद सचिवालयले जनाएको छ ।
एकजनाको भने रिपोर्ट आउन बाँकी रहेको छ । वैशाख २२, २३ र २४ गते संसद तथा कर्मचारीहरुको पीसीआर परीक्षण गरिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया