वीर अस्पताल र ट्रमा सेन्टरलाई काेराेना विशेष अस्पताल बनाउने सरकारकाे निर्णय
नेपालखोज
२०७८ वैशाख २५ गते १८:०५

काठमाडाैं। सरकारले कोरोना सङ्क्रमितको उपचार गर्न वीर अस्पताल र ट्रमा सेन्टरलाई काेराेना विशेष (कोभिड डेडिकेटेड) अस्पताल बनाउने जनाएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको छलफलमा वीर अस्पतालको नयाँ बनेको सर्जिकल भवनसहित अस्पतालको शय्या र ट्रमा सेन्टरलाई पनि कोभिड डेडिकेटेड अस्पतालका रुपमा चलाउने निर्णय गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
ट्रमाको २ सय शय्या, वीर अस्पतालको शय्यामध्ये २ सय शय्या र नयाँ सर्जिकल भवनमा पहिलो चरणमा २ सय शय्या बनाउने निर्णय भएको छ । वीरको नयाँ भवनमा आवश्यकता अनुसार शय्या थप गर्ने निर्णय पनि भएको छ ।
सम्बन्धित

प्रतिक्रिया