तत्काल अक्सिजनको आपूर्ति गर्न सरकारसँग कांग्रेसको माग
नेपालखोज
२०७८ वैशाख २५ गते १९:१६

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अक्सिजन अभावको गम्भीर समस्यालाई तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।
नेपाली कांग्रेस कोभिड-१९ अनुगमन समितिका संयोजक प्रकाशशरण महत शनिबार विज्ञप्ति जारी गरेर अक्सिजन अभावको गम्भीर समस्यालाई तत्काल सम्बोधन गर्न, कृतिम अभाव सृजना गर्नेहरुलाई तत्काल काबारही गर्न र आवश्यकताअनुसार विदेशबाट पनि अक्सिजन र अक्सिजन सिलिन्डरको आपूर्ति गर्न सरकारसँग माग गरेका हुन् ।
त्यस्तै कोभिड–१९ को उपचारमा देखिएको गम्भीर समस्याप्रति सरकार अझै संवेदनशील नभएको भन्दै कांग्रेसले देशका विभिन्न ठाउँहरुमा कोभिड–१९ उपचारका लागि अस्थायी अस्पतालहरुको समुचित व्यवस्था गरी हरेक नागरिकको उपचार पाउने अधिकारको सुनश्चितता गर्न पनि माग गरेको छ ।

सम्बन्धित

प्रतिक्रिया