नेपाल सुपर लिग : ललितपुर र बुटवल प्ले अफमा प्रवेश

काठमाडौं । ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी नेपाल सुपर लिग (एनएसएल) को प्ले अफमा प्रवेश गरेका छन् ।
आज भएको पहिलो खेलमा ललितपुरले बिराटनगर सिटी एफसीलाई ४–० गोलले पराजित गर्दै प्लेअफमा स्थान सुरक्षित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ललितपुरलाई जित दिलाउन कप्तान अन्जन बिष्टले दुई गोल गरे ।
त्यस्तै विमल राना र नुर्लान जाहिदले १/१ गोल थपे । पराजित प्रतियोगिताबाट बाहिरिएको छ । त्यस्तै बुटवलले शिर्ष स्थानको धनगढीलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको छ ।
आजको खेलमा जित्नैपर्ने दबाबमा रहेको बुटवलले खेलको ८० औँ मिनेटमा सुमन लामाले गरेको गोल नै निर्णयक बन्यो । बुटवलले जित निकालेसँगै पोखरा थन्डर्सपनि प्रतियोगिताबाट बाहिरिएको छ ।
यसअघि नै धनगढी एफसी र काठमाण्डौ रेजर्सले अन्तिम चारमा स्थान बनाइसकेका छन् । आजको खेलसँगै जारी लिगको अन्तिम चारको टुङ्गो लागेको छ ।
प्रतिक्रिया