कोरोना संक्रमणबाट नेपाल तेक्वान्दोका उपाध्यक्ष दिनेश दाहालको निधन
नेपालखोज
२०७८ वैशाख २५ गते १९:५३

काठमाडौं । कोरोना संक्रमणबाट नेपाल तेक्वान्दो एकेडेमी (एनटीए) का उपाध्यक्ष दिनेश दाहालको निधन भएको छ । ४० वर्षिय दाहालको धापाखेलस्थित सुमेरु अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो ।
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य स्व. दाहालको आजै पशुपति आर्याघाटमा दाहसंस्कार गरिएको छ । स्व. दाहालका श्रीमति, १ छोरा र १ छोरी छन् ।
सम्बन्धित

प्रतिक्रिया