मंगलबार, असार १०, २०८२

भारतीय सर्वोच्च अदालतको १२ सदस्यीय नेसनल टास्क फोर्स

नेपालखोज २०७८ वैशाख २५ गते २१:२३

नयाँदिल्ली । कोरोना महामारीको बढ्दा प्रभावलाई नजिकबाट नियालिरहेको भारतको सर्वोच्च अदालतले यससँग जुध्‍न १२ सदस्यीय नेसनल टास्क फोर्स गठन गरेको छ ।

सर्वोच्च अदालतले आज (शनिबार) विभिन्न राज्यमा अभाव देखिएको अक्सिजन र अत्यावश्यक औषधिको उपलब्धता तथा आपूर्तिको आकलन र सिफारिस गर्नेगरी १२ सदस्यीस टास्क फोर्स गठन गरेको हो ।

गठित फोर्सले हाल तथा भविष्यका लागि पारदर्शी किसिमले महामारीको चुनौतीको सामना गर्ने गरी रणनीति तयार गर्ने सर्वोच्चले जनाएको छ ।

यस्तै टास्क फोर्सले वैज्ञानिक, तर्कसंगत तथा न्यायसंगतमा आधारित रही राज्यहरुमा अक्सिजनका लागि कार्यप्रणाली तयार गर्नेछन । गठित टास्क फोर्समा विभिन्न वरिष्ठ चिकित्सक, विशेषज्ञ, तथा सरकारी उच्च अधिकारीहरुलाई समावेश गरिएको छ । -बीबीसी

प्रतिक्रिया