राजीनामाबारे अन्तिम निर्णय गर्न नेपाल समूह छलफलमा
नेपालखोज
२०७८ वैशाख २६ गते ९:०७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका निम्ति भोलि संसद्को अधिवेशन बोलाइएको छ ।
त्यसको एक दिन अघि नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसदहरुले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओली २८ फागुन यताको निर्णय रद्ध गर्न तयार नभए सामुहिक राजीनामा गर्ने तयारी गरेका छन् ।
शनिबार साँझ बसेको सांसदहरुको बैठकले २ जेठ २०७५ मा फर्कन ओलीलाई २४ घण्टे अल्टिमेटम दिने निर्णय गरेको थियो ।
ओलीले निर्णय नसच्याए पार्टीमा रहन नसक्ने भन्दै उनीहरुले राजीनामाको निर्णय गरेका हुन् ।
उनीहरुले राजीनामा दिए ओलीले प्रधानमन्त्री पद गुमाउने निश्चित छ । त्यसका लागि छलफल गर्न नेपाल समूहको बैठक भर्चुअल माध्यमबाट बस्दैछ ।
सम्बन्धित

प्रतिक्रिया