संसद बैठकअघि सभामुखले बोलाए कार्यव्यवस्था समितिको बैठक
नेपालखोज
२०७८ वैशाख २६ गते ९:४१

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठकको अघिल्लो दिन प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
भोलि (सोमवार) बाट शुरु हुने प्रतिनिधि सभाको विशेष अधिवेशन कसरी अगाडि बढाउने भन्ने विषयमा पराशर्म लिन सभामुखले कार्यव्यवस्था समितिको बैठक बोलाएका हुन् ।
आज दिउँसो दिउसो १ बजे संसद भवनको ल्होत्से हलमा कार्यव्यवस्था परामर्श समितिको बैठक राखिएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभाको अधिवेशन सोमवार दिउसोको लागि बोलाइएको छ ।
हालसम्म प्रतिनिधि सभाका २६ जना सांसदलाई कोरोना संक्रमण भइसकेको छ ।
सम्बन्धित

प्रतिक्रिया