आइतबार, वैशाख १४, २०८२

संवैधानिक परिषदको बैठक बालुुवाटारमा जारी

नेपालखोज २०७८ वैशाख २६ गते १०:१२

काठमाडौं । संवैधानिक परिषदको बैठक बालुुवाटारमा सुुरु भएको छ । बिहान नौ बजे बोलाइएको बैठक केहि ढिला गरि सुुरु भएको हो ।

बैठकमा प्रमुुख प्रतिपक्षी दलका नेता र सभामुुख सहभागि छैनन् । तर सभामुख अग्नि सापकोटा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यसअघि नै परिषदको बैठकमा सहभागी नहुने बताइसकेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पनि संवैधानिक परिषदको बैठकको विरोध गरेका छन् ।

प्रधानमन्त्री अध्यक्ष हुने संवैधानिक परिषदमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्षी दलका नेता सदस्य रहन्छन् ।

प्रतिक्रिया