संवैधानिक आयोगहरूका रिक्त सबै पदमा नियुक्तिका लागि नाम सिफारिस, देउवा र सापकोटा गएनन्

काठमाडौं । संवैधानिक परिषद्को आजको बैठकले संवैधानिक आयोगहरुका रिक्त रहेका सबै पदमा नियुक्तिका लागि सिफारिस गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (आइतबार) बसेको परिषद् बैठकले संवैधानिक आयोगहरूमा रिक्त रहेका सबै पदमा नियुक्तिका लागि सिफारिस गरेको हो । स्रोतका अनुसार अब कुनै पनि संवैधानिक निकायमा पदपूर्तिका लागि सिफारिस गर्न बाँकी छैन ।
बैठकमा कांग्रेस सभापति देउवा र सभामुख सापकोटा गएनन्
यसैबीच परिषद्को बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा भने गएनन् । पदेन सदस्यमध्ये बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिम्सिना भने उपस्थित थिए ।
प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्षी दलका नेता रहने प्रावधान छ ।
परिषद्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले बहुमत सदस्यको उपस्थितिका आधारमा निर्णय लिन सक्ने अध्यादेश यसअघि नै जारी भइसकेको छ ।

प्रतिक्रिया