महन्थ ठाकुर भन्छन्- विश्वासको मत दिँदैनौं, सरकार गठनमा पनि सहयोग गर्दैनौं
नेपालखोज
२०७८ वैशाख २६ गते १३:०३

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने र अर्को सरकार गठनमा पनि सहयोग नगर्ने बताएका छन् ।
आइतवार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतोले जसपाले नयाँ सरकारलाई साथ दिने निर्णय नगरेकाले जसपाको भर गरेर अघि बढे गलत हुन सक्ने बताएका थिए ।
जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराईले ओलीलाई विश्वासको मत नदिने र नयाँ सरकारमा कांग्रेस र माओवादीलाई साथ दिने निर्णय गरिसकेका छन् । तर ठाकुरले भने उपेन्द्र यादवको व्यक्तिगत निर्णयको पछि नलाग्न देउवालाई सुझाव दिएका छन् ।
सम्बन्धित

प्रतिक्रिया