मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता

नेपालखोज २०७८ वैशाख २६ गते १४:२५

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा पार्टीका सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडीको नेतृत्वमा चारै दलका ४० जना सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन्। अहिले ७९ सदस्य रहेको प्रदेश सभामा बहुमत सदस्यले हस्ताक्षर गरेका हुन्।

प्रतिक्रिया