यी हुन् २६ सांसद जसलाई कोरोना संक्रमण छ ! (नामसहित)

नेपालखोज २०७८ वैशाख २६ गते १५:१५

काठमाडौं । संसद्को विशेष अधिवेशअघि स्वाब संकलन गरिएका १२ सय ३५ मध्ये १६० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

वैशाख २२, २३ र २४ गते स्वाब संकलन गरिएका २०५ सांसद र एक हजार ३० कर्मचारी र अन्य गरेर अहिलेसम्म १२ सय ३४ जनाको रिपोर्ट प्राप्त भएको हो । संक्रमितमध्ये १९ जना सांसद छन् । जसमध्ये १८ जना प्रतिनिधिसभाका सदस्य हुन् । राष्ट्रियसभाका एक सांसदमा मात्र संक्रमण देखिएको छ।

संसद् सचिवालयमा स्वाब संकलन गर्नुअघि नै सात सांसद आइसोलेसनमा रहेकाले संक्रमित सांसदको कुल संख्या २६ पुगेको छ । संक्रमित १६० मध्ये १४१ जना सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, पत्रकार र आईसीसी भवनका कर्मचारी छन् । सचिवालय स्रोतका अनुसार प्रतिनिधिसभाका ५४ सांसदको भने परीक्षण बाँकी नै छ ।

कोरोना संक्रमण पोजेटिभ रिपोर्ट आएका २६ सांसद

झलनाथ खनाल
भानुभक्त ढकाल
लालबाबु पण्डित
लक्ष्मणलाल कर्ण
विना मगर
भरतकुमार शाह
प्रमोद शाह
दीपकप्रकाश भट्ट
मुकुन्द न्यौपाने
मायादेवी न्यौपाने
पार्वती डीसी चौधरी
राजेन्द्रप्रसाद गौतम
नन्दलाल रोका क्षेत्री
नरमाया ढकाल
महेश बस्नेत
रामबाबु यादव
गोपालबहादुर बम
नमीताकुमारी चौधरी
शान्तिमाया तामाङ
विनाकुमारी श्रेष्ठ
रेनुका गुरुङ
जुलीकुमारी महतो
रघुवीर महासेठ
किसान श्रेष्ठ
सुरेशकुमार राई
पुष्पाकुमारी कर्ण कायस्थ

प्रतिक्रिया