शनिबार, असार २१, २०८२

आइतबार नेप्से साढे १८ अंकले घट्यो

नेपालखोज २०७८ वैशाख २६ गते १५:३०

काठमाडौं । सेयर बजार परिसूचक नेप्से आइतवार १८ अंक भन्दा धेरैले घटेको छ । कारोबार भएकामध्ये सबै समूहको सेयर ओरालो लागेपछि नेप्से १८ दशमलव ५६ अकंले घटेर २६ सय १८ दशमलव ५६ विन्दुमा झरेको छ ।

व्यापार समूहको सेयर ६१ अंंकले घटेको छ । जलविद्युतको ३४, होटल तथा पर्यटन समूहको झण्डै ४२, फाइनान्सको २१, माइक्रोफाइनान्सको ९७, जीवन बीमा समूहको एक सय ४७, निर्जीवन बीमा समूहको ३१, उत्पादनको ९२ र अन्य समूहको सेयर २८ अंकले घटेको छ ।

आइतवार दुई सय १९ कम्पनीका एक करोड २७ लाख कित्ता सेयर ६ अर्ब १४ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनसीसी बैंकको २८ करोड ५६ लाख रुपैयाँको सेयर किनबेच भयो ।

महिला लघुवित्त, विशाल बजार कम्पनी, सिंगटी हाइड्रो र युनियन हाइड्रो कम्पनीको सेयर झन्डै १० प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि समता घरेलु लघुवित्त र रुरु हाइड्रोको सेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया