स्वास्थ्य सामाग्रिमा कमिसन र भ्रष्टाचार गर्नेलाई कारवाही गर्न माग

काठमाडौं । स्वास्थ्य सामाग्रिमा कमिसन र भ्रष्टाचार गर्नेलाई कारवाही गर्न न्यायका लागि मानव अधिकारको संजालले माग गरेको छ ।
संजालले आइतबार एक विज्ञप्ती जारी गर्दै कानून, संविधान तथा नेपाल पक्ष भएको अन्तर्राष्ट्रिय कानूनहरुले नेपाली नागरिकलाई स्वास्थ्य अधिकार मौलिक मानव अधिकारको रुपमा प्रत्याभूत गर्दा गर्दै पनि जनस्वास्थ्यको उचित प्रवन्ध गर्दै अनियमितता उपर नियमन र कार्रवाही गर्नुको सट्टा विभिन्न बहानामा, नागरीक उपर भइरहेको चरम शोषणलाई सरकारले मौन स्विकृती प्रदान गरिरहेको आभास भएको जनाएको छ ।
साथै संजालले कोभिड –१९ को महामारी फैलिएसँगै खोपमा कमिसन र अवरुद्ध, औषधी, अक्सिजन, एम्वुलेन्स र हेलिकप्टरमा कालाबजारी निजि स्वास्थ्य केन्द्रहरुको मनोमानी शुल्क तथा संक्रमितको उचित उपचार र स्वास्थ्य उपकरणको अभावमा देशका विभिन्न स्थानमा नागरिकले ज्यान गुमाएको र भयावह स्थिती सृजना भएका समाचारहरुप्रति पनि संजालले गम्भिर ध्यानाकर्षण भएको छ ।
संकटको घडीमा खोप तथा स्वास्थ्य उपचार सामाग्रीमा अवरोध उत्पन्न गर्ने गराउने बिचौलिया र भ्रष्टहरुलाई तुरुन्त कानूनी कारबाही गर्न समेत संजालले सबैमा अपिल गरेको छ ।


प्रतिक्रिया