पछिल्लाे चाैबीस घण्टामा ८ हजार ८५० जनामा संक्रमण पुष्टि, थप ५२ काे मृत्यु
नेपालखोज
२०७८ वैशाख २६ गते १७:०१

काठमाडाैं । पछिल्लाे चाैबीस घण्टामा देशभर ८ हजार ८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । साेही अवधीमा ५२ जनाकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
अद्यपी मन्त्रालयले मृतककाे संख्या ८८ रहेकाे तर २६ जनाकाे भने गत चाैबीस घण्टामा मृत्यु भएकाे भएपनि सरकारी तथ्याङकमा भने समावेश नभएकाे मन्त्रालयले जनाएकाे हाे ।
१८ हजार ७८७ जनाको पीसीआर परीक्षण गरिएकोमा ८ हजार ७७७ जना कोरोना पुष्टि भएको हाे भने ५०६ जनाको एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० जनामा संक्रमण पुष्टि भएको छ
सम्बन्धित
प्रतिक्रिया