गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए पदबाट राजीनामा

नेपालखोज २०७८ वैशाख २६ गते १७:४३

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले राजीनामा दिएका छन्। उनले आइतबार प्रदेश प्रमुख सीताकुमारी पौडेललाई राजीनामा बुझाएका हुन्। गण्डकी प्रदेश सरकारविरुद्ध संसदमा पेश भएको अविश्वासको प्रस्तावमाथि छलफल र मतदान हुने अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् ।

गण्डकी प्रदेश सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि सोमबार मतदान हुने कार्ययूची राखिएको थियो । मुख्यमन्त्री गुरूङले राजीनामा दिएसँगै प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन्।

प्रतिक्रिया