‘फ्लोर क्रस’ नगर्न सांसदहरुलाई एमाले अध्यक्ष ओलीकाे चेतावनी

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामूहिक राजीनामा नदिन सबै सांसदहरुलाई आग्रह गरेका छन् ।
आज (आइतबार) एक वक्तव्य जारी गर्दै उनले फ्लोर क्रस गर्ने, अविश्वास प्रस्ताव राख्ने, सामूहिक राजीनामा गर्ने जस्ता हानिकारक प्रयास नगर्न आग्रह गर्दै त्यस्ताे गरे त्यसलाई अपराध मानिने बताएका छन् ।
‘के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला ? सोचौं हामीले भोलि जनतालाई के जवाफ दिने’ उनले भनेका छन् ‘तसर्थ यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुने म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरिएको छ । तर त्यसअघि नै नेकपा एमालेको माधवकुमार नेपाल समूहले सामूहिक राजीनामा दिने तयारी गरेको छ । सोही समूहलाई लक्षित गरी ओलीले विज्ञप्ति जारी गरेका हुन् ।
उनले भनेका छन् पार्टीले कसैलाई पनि पक्षपात गर्दैन ‘म यो कुरामा सबैलाई आश्वस्त पार्न चाहन्छु । तसर्थ पार्टीलाई मजबुत पार्दै अघि बढ्ने महान कार्यमा सरिक हुन म सबैलाई आग्रह गर्दछु’ उनले भनेका छन् ।
पूर्णपाठ


प्रतिक्रिया