शुक्रबार, चैत १६, २०८०

दिल्लीको एकै अस्पतालमा कार्यरत ८० चिकित्सकमा कोरोना संक्रमण पुष्टि

नेपालखोज २०७८ वैशाख २६ गते १८:४७

दिल्ली । भारतको नयाँदिल्लीस्थित एक अस्पतालमा कार्यरत ८० जना चिकित्सकका कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एकै पटक ठुलो संख्यामा चिकित्सक संक्रमित भएपछि चुनौति थपिएको अस्पताल प्रशासनले जनाएको छ ।

दिल्लीको सरोज स्पेशिलिटी अस्पतालमा ठुलो संख्यामा चिकित्सकहरु संक्रमित भएका छन् । संक्रमितमध्ये एक जनाको मृत्यु भएको अस्पतालका प्रमुख मेडिकल अधिकृत डाक्टर पीके भारद्धाजले जानकारी दिए । मृत्यु भएका ५८ वर्षिय ती चिकित्सले कोरोना भाइरसविरुद्धको भ्याक्सिन समेत लगाएका थिए ।

अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका ती चिकित्सको स्वास्थ्य अवस्था सुध्रदै गएको भएपनि हिजो एक्कासी निधन भएको बताइएको छ । भारतमा पछिल्लो समय कोरोना संक्रमित बिरामीको उपचारमा खटिएका डाक्टर नर्सलगाएतका अन्य स्टाफहरुमा पनि कोरोना भाइरस संक्रमण हुन थालेपछि उपचारमा चुनौती थपिदै गएको छ ।

प्रतिक्रिया