विश्वभरका लाखौं बालबालिका घरेलु हिंसा पीडित : डब्ल्यूएचओ
काठमाडाैं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वभरका करोडौं बालबालिका र किशोरकिशोरीहरूले आफ्नो घर, विद्यालय र अन्य ठाउँमा दैनिक हिंसाको सामना गर्ने गरेको र यसले उनिहरुमा जीवनभर प्रभाव पार्न सक्ने कुरा बताएको छ ।
विश्व स्वास्थ्य संगठनले बालबालिकामाथि हुने हिंसासम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ जसमा डब्ल्यूएचओ भन्छ – विश्वभर करोडौं बालबालिकाले घर वा विद्यालयमा हिंसाको सामना गर्छन् र यो प्रायः बन्द कोठामा हुन्छ ।
बालबालिका घरमा पनि सुरक्षित छैनन्
डब्ल्यूएचओका अनुसार हिंसामा परिवारका सदस्यहरूद्वारा कुटपिट र विद्यालयहरूमा उत्पीडनका साथै शारीरिक, भावनात्मक र यौन हिंसा समावेश छ। घर वा विद्यालयमा हुने यस्तो हिंसाले बालबालिकाको मनोविज्ञानमा नकारात्मक असर पार्छ र उनीहरूको व्यक्तित्वमा प्रतिकूल असर हुन्छ । प्रतिवेदन अनुसार विश्वभर हरेक वर्ष २ देखि १७ वर्ष उमेर समूहका एक अर्ब नाबालिग बालबालिका हिंसाको सिकार हुने गरेका छन ।
केटीहरू थप जोखिममा
अहिले पाँचमध्ये तीन बालबालिका र किशोरकिशोरी, पाँचमध्ये एक केटी र सातमध्ये एक केटाले यौन हिंसाको सामना गर्नु परेको अवस्था छ । बालबालिकाको जीवनमा हिंसाको प्रभाव असाध्यै नराम्रो हुन्छ । गाली, कुटपिट, मौखिक दुर्व्यवहार, र अपमान जस्ता व्यवहारहरूले बालबालिकाहरूमा महत्त्वपूर्ण मनोवैज्ञानिक प्रभाव पार्न सक्छ, जसमा चिन्ता, अवसाद, लागूपदार्थको लत, आपराधिक व्यवहार आदि समावेश हुन सक्छ । केही बालबालिकाको सिकाइ क्षमतामा पनि असर पर्न सक्छ।
हिंसा एउटा तीतो सत्य
विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रियाससका अनुसार, रोकथामका सबै उपायहरूका बावजुद
विश्वभर करोडौं बालबालिका दुर्व्यवहारमा परेका छन् र यो हाम्रो समाजको तीतो वास्तविकता हो।
डीपीए
प्रतिक्रिया