बिहीबार, वैशाख १३, २०८१

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाद्वारा चीनको आलोचना

नेपालखोज २०७८ वैशाख २६ गते २१:४६

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चीनको आलोचना गरेको छ । चिनियाँ रकेटका भग्नावशेष हिन्द महासागरमा खसेपछि नासाले चीनको आलोचना गरेको हो ।

‘अन्तरिक्ष अन्वेषण गर्ने मुलुकले अन्तरिक्षमा पठाइएका वस्तु पृथ्वीमा फर्किने क्रममा जन–धनमाथि हुन सक्ने खतरा न्यूनीकरण गर्नुपर्छ’, नासाका प्रशासक बिल नेल्सनले विज्ञप्तिमार्फत् भने । तर जन–धनमाथि हुन सक्ने जोखिम कम गर्न चीन असफल भएको र अन्तरिक्षका भग्नावशेष व्यवस्थापनसम्बन्धी मापदण्ड पूरा गर्न नसकेको नेल्सनको भनाइ छ ।

‘चीनले अन्तरिक्षमा आफ्नो भग्नावशेषसम्बन्धी जिम्मेवारी पूरा गर्न सकिरहेको छैन’, उनले थपे । चीनले हालै अन्तरिक्षमा पठाएको विशाल रकेटका भग्नावषेश गएराति हिन्द महासागरमा माल्दिभ्स नजिकै खसेपछि नासाले यस्तो टिप्पणी गरेको हो । यसअघि चीनले आफ्नो रकेटबाट पृथ्वीमा क्षति हुने संभावना निकै न्यून रहेको बताएको थियो ।

प्रतिक्रिया