शुक्रबार, वैशाख ७, २०८१

देवाधिदेव महादेवको स्वरुप किन अचम्मको छ ?

नेपालखोज २०७८ वैशाख २७ गते ४:००

भगवान शिवको नाम हिन्दुहरुको लागि अत्यन्तै आदरणीय रहेको छ । शिव भगवान भन्नसाथ कम्मरमा बाघको छाला बाँधेका एक अचम्मको स्वरुप हाम्रो दिमागमा आउँछ । आखीर ती शिवलाई किन यस्तो रुवरुपमा चर्चा गरिन्छ भन्ने हाम्रो खुल्दुली रहन्छ । शिव शब्दको अर्थ कल्याण हो । शिव कल्याणकारी भगवान् हुन् । उनको यस्तो दिगम्बर स्वरुपको रचना विशिष्ठ एवं अर्थपूर्ण रहेको छ ।

शिवजीको जटालाई वायुमण्डलको रुपमा बुझ्नुपर्दछ । शिवको टाउकोको चन्द्रमालाई मनको प्रतीक मानिन्छ । डमरुलाई ध्वनी एवं संगीतको प्रतिक हो । बाघको छाला हिंसाको प्रतिरोधको प्रतिक हो । त्यसलाई कम्मरमुनी बाँध्नुको अर्थ हिंसालाई निषेध गरिएको विशिष्ट अर्थ हो । यी प्रतिकहरुको आफ्नै छुट्टै पहिचान छ ।

शिवजीको आकृतिमा तीन वटा आँखा रहेका हुन्छन् । मानवको जस्तै दुई आँखा लोभ र तृष्णाको प्रतिक हो भने बीचको तेस्रो आँखालाई अलौकिक सृष्टिको प्रतिक मानिन्छ । जो ज्ञानको प्रतिक हो । त्रिसुलमा तीनवटा तीखा चुच्चाहरु हुन्छन् । जसलाई शूल भनिन्छ । पहिलो उदयको प्रतिक हो, दोस्रो संरक्षणको प्रतिक र तेस्रो विनासको प्रतिक हो ।

अन्तिममा शिवजीको गलाको सर्प जो वायुमण्डललको परिशुद्धतासँग जोडिएको छ । सर्पले विषाक्त हावालाई खाइदिन्छ र वायुमण्डललाई स्वच्छ पारिदिन्छ । शिवजीको वाहन साँडे बलको प्रतिक हो । उनको खाना विष, भाङ र धतुरो मृतसञ्जीवनी औषधिको प्रतिक हो । जसबाट विभिन्न ओखती बनाउन सकिन्छ ।

प्रतिक्रिया