संसद्को विशेष अधिवेशन आज : पाउलान् त ओलीले विश्वासको मत ?

काठमाडौं । संसदको विशेष अधिवेशन आजबाट सुुरु हुुदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनीधि सभाको विशेष अधिवेशन आह्वान गरिएको हो । बैठक आज दिउँसो १ बजे बस्ने छ ।
विपक्षी दलहरुले सरकार असफल भएको भन्दै लामो समयदेखि प्रधानमन्त्रीको राजीनामा माग गरिरहे पछि ओलीले विश्वासको मत लिन लागेका हुन् । तत्कालिन नेकपामा हुुँदा आफ्नै पार्टीबाट अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भएपछि उनले संसदको भंग गरिदिएका थिए ।
त्यसपछि अदालतले पुुनःस्थापनाको फैसला सुुनाए पनि संसद प्रभावकारी डङ्गले चल्न नसकेको भन्दै मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेसन अन्त्य गरिदिएकी थिइन् ।
यसबीचमा पनि सरकारको आलोचना तिब्ररुपमा वढेपछि प्रधानमन्त्ती ओलीले जसपाको राजपा पक्षलाई साथ लिएर विश्वास प्राप्त गर्ने प्रयास गरेका थिए । तर जसपा अध्यक्ष महन्थ ठाकुरले आइतबार प्रधानमन्त्रीको पक्षमा मत दिन नसक्ने र नयाँ सरकार गठनका लागि अन्य दललाई पनि सहयोग नगर्ने स्पष्ट पारिसकेका छन् ।
सत्तारुढ नेकपा एमालेले आफ्ना सबै सांसदलाई विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । यद्यपि यो समाचार तयार पार्दासम्म एमालेकै माधव नेपाल–झलनाथ खनाल पक्ष आफुुहरुका माग ओलीले सम्बोधन नगरे विपक्षमा उभिने संकेत गरेका छन् । एमालेका १२१ सांसद छन् । विश्वासको मत पाउन १३६ मत चाहिन्छ ।
६१ सांसद भएको प्रमुख विपक्षी नेपाली कांग्रेस र ४९ सांसद भएको माओवादी केन्द्रले विपक्षमा मत दिने छ । निर्णायक जसपाका भने ३२ सांसद छन् ।
कोरोनाबाट संक्रमित सदस्यहरुले पनि मतदान गर्न पाउने गरी विशेष व्यवस्था गरिएको संसद सचिवालयले जनाएको छ । मतदानअघि शीर्ष नेताहरुले विशेष सम्बोधन गर्नेछन् ।

प्रतिक्रिया