काभ्रेमा एक साता निषेधाज्ञा थपियो
नेपालखोज
२०७८ वैशाख २७ गते ९:३६

काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले निषेधाज्ञा पुनः एक साता लम्बाएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आइतबार सूचना जारी गर्दै कोभिड–१९ को सम्भावित सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) ले दिएको अधिकार प्रयोग गरी निषेधाज्ञा थप गरिएको बताएका हुन् ।
जसअनुुसार आइतबार राति १२ बजेदेखि आगामी जेठ २ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू हुुनेछ । यसअघि वैशाख १९ गते राति १२ बजेदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको थियो ।
सम्बन्धित

प्रतिक्रिया