प्रतिनिधिसभा बैठक पुनः सुरु, प्रधानमन्त्रीले विश्वासको मत लिँदै

नेपालखोज २०७८ वैशाख २७ गते १३:५६

काठमाडौं । ५ मिनेट बसेर स्थगित भएको प्रतिनिधिसभा बैठक पुनः सुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिदैछन् । सो प्रयोजनका लागि संसदमा मतदानको प्रक्रिया सुरु हुँदैछ ।

संसदको पहिलो बैठकको सुरुमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति कार्यालयबाट विशेष अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका छन् । सभामुखले सो पत्र पढेर सुनाएपछि आफ्नो अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदहरूको नामावली वाचन गरेका छन् ।

प्रतिक्रिया