वामदेवले भने- एमाले विभाजित भए नेपाल-खनालतिर लाग्छु

नेपालखोज २०७८ वैशाख २७ गते १४:०८

काठमाडौं । नेकपा एमालेका नेता वामदेव गौतमले एमाले विभाजन भए आफू नेता माधव नेपाल र झलनाथ खनालको पार्टीमा सामेल हुने बताएका छन् ।

गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले सामाजिक सञ्जाल फेसबुकमा अहिलेको परिस्थिति अनुसार स्पष्ट पारेको धारणा भन्दै यस्तो लेखेका छन् ।

सुवेदीले लेखेका छन्, ‘अध्यक्ष कमरेडसँगको कुराकानीबारे पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग उहाँले नेकपा (एमाले) को स्थिति २०७५ जेठ २ गतेसम्मको मानेर अगाडि बढ्नुपर्छ भन्ने आग्रह राख्नुभयो ।

तर, अध्यक्षले भन्नुभयो, ‘म ०७५ जेठ २ भन्दा धेरै अगाडि बढिसकेँ । त्यसैले म त्यस्तो काम गर्न सक्ने छैन ।’

यसको प्रतिउत्तरमा उपाध्यक्ष गौतमले ‘त्यसो भए म तपाईंको साथमा छैन’ भनेर फर्किएको बताएका छन्।

No description available.

प्रतिक्रिया