प्रतिनिधिसभाको दोस्रो बैठकलाई प्रधानमन्त्री ओली सम्बोधन गर्दै

नेपालखोज २०७८ वैशाख २७ गते १४:०३

काठमाडौं । प्रतिनीधि सभाको आजको दोस्रो बैठक अहिले जारी छ । बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।

आफुुले विश्वासको मत माग्नुुअघिको सम्बोधनमा प्रधानमन्त्री ओलीले कोभिड १९ बाट देश आक्रान्त भएका बेला दलहरुको ध्यान त्यसमा केन्द्रीत हुुनुुपर्नेमा त्यसो हुुन नसकेको बताएका छन् ।

आफुु नेतृत्वको सरकारले गरेका कामहरुको फेरिहस्त प्रस्तुुत गर्दै उनले सिके लाल र विप्लव समुुहलाई मुुलधारको राजनीतिमा ल्याइएको बताए ।

त्यसैगरी लिम्पियाधुुरा, लिपुुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको काम पनि नभुुल्न आग्रह गरेका छन् ।

यस्ता अनेकौँ कामसमेत नदेखेर सरकारको विरोधमात्रै गरिएको उनको भनाई थियो ।

यसअघि आजको पहिलो बैठक राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभामुुखले वाचन गरेर सुुनाएसँगै १५ मिनेटका लागि स्थगित भएको थियो ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि संसदको विशेष अधिवेसन आह्वान गरिएको हो ।

प्रतिक्रिया