काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन लम्ब्याउने निर्णय

नेपालखोज २०७८ वैशाख २७ गते १४:१४

काठमाडौं । कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा थप १५ दिन लम्ब्याउने निर्णय भएको छ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) काठमाडौंको सोमबार सम्पन्न बैठकले निषेधाज्ञा थप १५ दिन लम्ब्याउने प्रस्ताव गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।

मंगलबार बस्ने उपत्यकाका सीडीओको संयुक्त बैठकले यससम्बन्धी थप निर्णय गरी कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकमा पठाउने सीडीओ पराजुलीको भनाइ छ। यसअघि जारी निषेधाज्ञा वैशाख २९गते सकिँदैछ।

डीसीसीएमसीको प्रस्तावअनुसार अब निषेधाज्ञा जेठ १२ गतेसम्म लागू हुनेछ। डीसीसीएमसी काठमाडौंको बैठकले कडाइका साथ निषेधाज्ञाको अवधि लम्ब्याउने निर्णय गरेको हो ।

प्रतिक्रिया